काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ ।
मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । अहिले त्यहाँ वार्ताका लागि पूर्वसांसद रामकुमार राई पासाङसहितका नेता पुगेका छन् ।
त्यहाँ शनिबार एकजना गर्भवतीको ज्यान गएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूले लगाएका छन् ।
अहिले वार्ताका लागि खोटाङका नेताहरू जुटिरहँदा जेन-जी पुस्ताको नाममा माइकिङसहित एउटा समूह अस्पताल क्षेत्रमा पुगेको थियो ।
जेन-जी पुस्ताका नाममा पुगेको एउटा समूहले अस्पताल परिसरमा हिंसा भड्काउन खोजेपछि प्रहरीले लखेटेको छ ।
अस्पताल परिसरमा रहेका तेज बान्तावा राईले जेन-जी पुस्ताका नाममा सरोकारबिनाको अर्कै समूहले घुसपैठ प्रयास गरेको भिडियोमार्फत् जनाएका छन् ।
‘यहाँ असमबन्धित मानिसहरू जेन-जी पुस्ताका नाममा आएको हामीले पाएका छौँ’, उनले भनेका छन्, ‘हामी सरोकारवालाहरू वार्तामा जुटिरहँदा जेन-जी पुस्ताका नाममा आएको समूहलाई प्रहरीले लखेटेको छ।
इमाडोलस्थित अस्पताल आसपासका असम्बन्धित युवाहरू जम्मा भएर जेन-जी भन्दै तोडफोडमा उत्रिन खोजेपछि सुरक्षामा तैनाथ प्रहरीले लखेटेको छ ।
अहिले त्यहाँ खोटाङस्थित दलका नेताहरू वार्तामा जुटेका छन् । ‘जेन-जी पुस्ता भन्दा यहाँ सरोकार पीडित परिवारको हो’, राईले भने, ‘यहाँ नचिनिएका युवाहरू आएका रहेछन् । माइकिङ गर्दै आएकाहरू हाम्रो सरोकारसँग जोडिएका रहेनछन् । त्यसैले अहिले प्रहरीले लखेटेर लगेको छ।’













प्रतिक्रिया