किस्ट अस्पताल पुगेर जेन-जीको नाममा हिंसा भड्काउन खोज्नेलाई लखेट्यो प्रहरीले « Khabarhub

किस्ट अस्पताल पुगेर जेन-जीको नाममा हिंसा भड्काउन खोज्नेलाई लखेट्यो प्रहरीले


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ ।

मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । अहिले त्यहाँ वार्ताका लागि पूर्वसांसद रामकुमार राई पासाङसहितका नेता पुगेका छन् ।

त्यहाँ शनिबार एकजना गर्भवतीको ज्यान गएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूले लगाएका छन् ।

अहिले वार्ताका लागि खोटाङका नेताहरू जुटिरहँदा जेन-जी पुस्ताको नाममा माइकिङसहित एउटा समूह अस्पताल क्षेत्रमा पुगेको थियो ।

जेन-जी पुस्ताका नाममा पुगेको एउटा समूहले अस्पताल परिसरमा हिंसा भड्काउन खोजेपछि प्रहरीले लखेटेको छ ।

अस्पताल परिसरमा रहेका तेज बान्तावा राईले जेन-जी पुस्ताका नाममा सरोकारबिनाको अर्कै समूहले घुसपैठ प्रयास गरेको भिडियोमार्फत् जनाएका छन् ।

‘यहाँ असमबन्धित मानिसहरू जेन-जी पुस्ताका नाममा आएको हामीले पाएका छौँ’, उनले भनेका छन्, ‘हामी सरोकारवालाहरू वार्तामा जुटिरहँदा जेन-जी पुस्ताका नाममा आएको समूहलाई प्रहरीले लखेटेको छ।

इमाडोलस्थित अस्पताल आसपासका असम्बन्धित युवाहरू जम्मा भएर जेन-जी भन्दै तोडफोडमा उत्रिन खोजेपछि सुरक्षामा तैनाथ प्रहरीले लखेटेको छ ।

अहिले त्यहाँ खोटाङस्थित दलका नेताहरू वार्तामा जुटेका छन् । ‘जेन-जी पुस्ता भन्दा यहाँ सरोकार पीडित परिवारको हो’, राईले भने, ‘यहाँ नचिनिएका युवाहरू आएका रहेछन् । माइकिङ गर्दै आएकाहरू हाम्रो सरोकारसँग जोडिएका रहेनछन् । त्यसैले अहिले प्रहरीले लखेटेर लगेको छ।’

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ४ : ३४ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक