भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर | Khabarhub Khabarhub

भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा भाग लिन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

​अक्टोबर २७ देखि ३०, २०२५ (कात्तिक १०–१३) सम्म चल्ने यस सभामा उनले स्वच्छ ऊर्जा पहुँच र क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा अन्तरसम्बन्धका लागि नेपालको प्रतिबद्धता प्रस्तुत गर्ने कार्यक्रम छ ।

मन्त्री घिसिङले दिल्ली जाने क्रममा त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गरेनन् । उनी सर्वसाधारण यात्रुसँगै प्रस्थान कक्षमा बसेर जहाजसम्म पुगेका थिए ।

विमानस्थलको भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री घिसिङले नेपाल एयरलाइन्सको बिजनेस क्लासको सिट प्रयोग गरे । यसअघि शिक्षा मन्त्री महावीर पुनले पनि विमानस्थलमा भीआईपी कक्ष प्रयोग गरेका थिएनन्।

​नेपाल सन् २०८१ भदौ मा आईएसएको १०१ औँ सदस्य राष्ट्र बनेको थियो। मन्त्री घिसिङ दिल्लीबाट बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ४ : ४४ बजे

लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट

छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको

छठ घाटहरूको अवलोकन गर्न गृहमन्त्री अर्याल जनकपुरधाममा

जनकपुर– आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन