सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने | Khabarhub Khabarhub

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने भएको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बुधबार अपरान्ह ४ बजेपछि वार्ताको समय तोकिएको छ।

खरेलका अनुसार विभिन्न समूहका जेन-जी प्रतिनिधि, विभिन्न राजनीतिक दल र सरकारका प्रतिनिधिहरू वार्तामा बस्ने छन्।

यस्तै खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जे-नजी र दलहरूसँग वार्ता गर्ने लागेको बताएका छन् ।

‘सरकार निर्वाचनको वातावरण सिर्जना गर्न पूरापूर लागिरहेको छ। यसैलाई लिएर हामीले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग वार्ता गर्दैछौँ’, खरेलले खबरहबलाई भने, ‘हामी कुनै राजनीतिक दललाई निषेध गरेर निर्वाचनमा जाने मुडमा छैनौँ । जेन-जीको भावनाविपरीत निर्वाचनमा जान लागेका होइनौँ । सबैलाई समेटेर निर्वाचन कार्यक्रम अगाडि बढ्ने छन्।’

यसअगाडि प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न दलका प्रतिनिधिहरूलाई बोलाएर पहिलो पटक बालुवाटारमा वार्ता गरेकी थिइन्।

त्यही वार्तामा कार्कीले जेन-जी र राजनीतिक दलहरूसँग अर्को वार्ता गर्ने प्रस्ताव उनले राखेकी थिइन् ।

उक्त प्रस्तावलाई विभिन्न राजनीतिक दलहरूले स्वीकार गरेका थिए। यता जेन-जीले पनि वार्ताका लागि तयार भएको भन्दै दलहरूलाई वार्तामा बोलाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ०५ बजे

देउवा दम्पती पुगे विमानस्थल, सिंगापुरका लागि उड्नेछन् पौने ११ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु- सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक घाइते

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको