‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक « Khabarhub

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा महिला गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो । 

आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्‌घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।

दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लब र भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते तथा दोस्रो सेमिफाइनल खेल कात्तिक २० गते हुनेछ । 

प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्की प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । यहाँ १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट समेत बनाइएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने उक्त प्रतियोगिताको विजेताले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजार पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई रु १५ हजार र ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : १० बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम