दोलखाको मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात  « Khabarhub

दोलखाको मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात 


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गत वर्ष प्रतिकेजी १९ सय रुपैयाँमा बिक्री हुने गरेको अलैँचीको मूल्य यस वर्ष ३ सय रुपैयाँले वृद्धि हुँदै यस वर्ष प्रतिकेजी २ हजार ३ सय रुपैयाँसम्ममा घरबाट नै बिक्री भएको वैतेश्वर-३ मिर्गे जैनालुका किसान जितबहादुर तामाङ बताउँछन् । 

मिर्गेबाट वार्षिक डेढ करोड बराबरको अलैँची उत्पादन तथा निर्यात हुने गरेको छ । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष गिरावट आएको तामाङले बताए । उनका अनुसार यस वर्ष अलैँचीको मूल्य राम्रो छ ।

बर्सेनि भएको मूल्य गिरावट, गत वर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको थियो । तर यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि भएको सोही गाउँका कर्का स्थानीय किसान देवीमाया तामाङले बताइन् ।

तामाङले यस वर्ष अलैँची बिक्री गरेर ६ लाख आम्दानी लिने योजना बनाएकी छिन् । उनले गत वर्ष पनि ४ लाख बराबरको अलैँची बिक्री गरेको बताइन् ।

यस वर्ष उत्पादन गत वर्षकै जस्तो रहे पनि उत्पादन मूल्य बढेकाले ६ लाख आम्दानी हुने अनुमान गरेको सुनाइन् । यस वर्ष ३ सय केजी अलैँची काठमाडौं निर्यात गर्ने तयारी गरेको उनले जानकारी दिइन ।

पछिल्ला वर्षहरू यहाँका किसानले आम्दानीको मुख्य आधार अलैँची खेती बनाउँदै आएका अलैँची किसानले मिर्गे, जैनालु र दोभानबाट वार्षिक एक करोड ६५ लाख बराबरको अलैँची काठमाडौं र तराई निर्यात गर्दै आएको स्थानीय अलैँची किसान विलप तामाङले बताए ।

तामाङ भन्छन् सामान्य लगानी तथा मेहनतले अलैँची बाट राम्रो आम्दानी हुने हुँदा पनि अलैँचीको भाउ घटे पनि किसान मारमा नपर्ने उनले सुनाए । उनले यस वर्ष करिब २ सय केही अलैँची उत्पादन गरेको बताए ।

गत वर्ष मिर्गेबाट १ करोड बराबरको अलैँची बिक्री गरेका स्थानीयले यस वर्ष स्थानीय व्यापारीले नै प्रतिकेजी २२ सय ५० रुपैयाँ अलैँची सङ्कलन गरिरहेकाले एक करोड ४५/५० लाख बराबरको अलैँची उत्पादन हुने मिर्गेका स्थानीय किसानहरू बताउँछन् ।

जैनालु-दोभानका स्थानीय किसानहरू दिनेश तामाङ,लालकुमार तामाङ र मानबहादुर तामाङ गाउँमै सबैभन्दा बढी अलैँची बिक्री गर्ने किसान हुन् । 

उनीहरूका अनुसार मिर्गेको पात्ले, मिर्गे, जैनालु, दोभान लगायतका गाउँबाट हजारौँ टन अलैँची उत्पादन हुँदै आएको छ ।यहाँका किसानलाई हिजोआज बोटबाट अलैँची झिक्न,केलाउन र सुकाउन भ्याईनभ्याई छ ।

 ठेकेदारले घरबाट नै अलैँची लैजाने गरेकाले पनि मिर्गेका किसानलाई अलैँची बिक्री गर्ने चटारो चलेको हो । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ४५ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी