अर्थसंक्षेप : मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात, धानको समर्थन मूल्य कुर्दै किसान, ‘जेन-जी’का नाममा सुदूरपश्चिममा २३४ भौतिक संरचना जले र अमेरिका–भारत उच्चस्तरीय व्यापार वार्ता « Khabarhub

अर्थसंक्षेप : मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात, धानको समर्थन मूल्य कुर्दै किसान, ‘जेन-जी’का नाममा सुदूरपश्चिममा २३४ भौतिक संरचना जले र अमेरिका–भारत उच्चस्तरीय व्यापार वार्ता


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ।

केन्द्रले होटलको उक्त कदमलाई श्रमिक विरोधी, एकपक्षीय र नियोजित रुपमा रोजगारी सिर्जना गर्ने कदम भएको ठहर गर्दै आपत्ति जनाएको हो।

होटल हायात प्रशासनले भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को क्रममा भएको क्षति तथा सुरक्षा अवस्थालाई कारण देखाउँदै अनिश्चितकालका लागि बन्द गर्ने गरी कात्तिक २ गते सूचना जारी गरेको थियो।

जेटीयूसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा होटल प्रशासनले सरोकारवालाहरुसँग छलफल नगरी सम्पूर्ण श्रमिकलाई कार्यस्थलमा उपस्थित नहुन निर्देशन दिएको विषय नेपालको प्रचलित श्रम कानून विपरीत भएको उल्लेख छ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन

वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

दोलखाको मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात

जिल्लामा यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गत वर्ष प्रतिकेजी १९ सय रुपैयाँमा बिक्री हुने गरेको अलैँचीको मूल्य यस वर्ष ३ सय रुपैयाँले वृद्धि हुँदै यस वर्ष प्रतिकेजी २ हजार ३ सय रुपैयाँसम्ममा घरबाट नै बिक्री भएको वैतेश्वर-३ मिर्गे जैनालुका किसान जितबहादुर तामाङ बताउँछन् ।

मिर्गेबाट वार्षिक डेढ करोड बराबरको अलैँची उत्पादन तथा निर्यात हुने गरेको छ । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष गिरावट आएको तामाङले बताए । उनका अनुसार यस वर्ष अलैँचीको मूल्य राम्रो छ ।

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभरि १५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

आशिंक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

देउसी भैलोमा सङ्कलित दुईलाख रुपैयाँ सडक निर्माणमा

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ ।

यस भेटका केही विवरणहरू मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रूसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो । यसले वासिङ्टन र नयाँदिल्लीबीच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ०४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्