परम्परागत पौभा चित्रकला प्रदर्शनी « Khabarhub

परम्परागत पौभा चित्रकला प्रदर्शनी


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ ।
 
‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा गरिएको चित्रकला प्रदर्शनी यसअघि भक्तपुरमा प्रदर्शन गरिएको थियो । सोही कलालाई पुनः काठमाडौँमा दोहोर्‍याएर प्रदर्शन गरिएको सिद्धार्थ आर्ट ग्यालरीका प्रमुख सङ्गीता थापाले जानकारी दिए । 

काठमाडौँ आर्ट ग्यालरीले आयोजना गरेको उक्त प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन् । पाका र युवा पुस्ताको मिश्रित कला एकसाथ देख्न पाइने प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहने जनाइएको छ । ग्यालरी प्रमुख थापाले सातौँ शताब्दीको प्राचीन पौभा परम्परालाई भक्तपुरका कलाकारहरूले आध्यात्मिक चिन्तनका साथ प्रस्तुत गरेकामा प्रशंसा व्यक्त गरे।
 
उनले प्रत्येक चित्रले पवित्र भेटी र नेपालको स्थायी सांस्कृतिक आत्माको प्रतिविम्ब दुवै प्रतिनिधित्व गर्ने कुरामा जोड दिएको बताए। अजय कर्माचार्य, बलराम निष्टु, चन्द्रकृष्ण किजु, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ३८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर