साम्बाको अर्को उत्कृष्ट गोल, भारतविरुद्ध नेपाललाई दोहोरो अग्रता « Khabarhub

साम्बाको अर्को उत्कृष्ट गोल, भारतविरुद्ध नेपाललाई दोहोरो अग्रता


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा २-० को अग्रता बनाउन सफल भएको छ।

भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलतर्फ दोस्रो हाफ जारी रहँदा नेपालका लागि सावित्रा भण्डारी साम्बाले दुवै गोल गर्न सफल भएकी छन् ।

उनले खेलको ६३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी हुन् । यसअघि पहिलो हाफको दोस्रो मिनेटमै उनले गोल गरेकी थिइन् ।

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतको सामना गर्दा जितनजिक पुगेको हो ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुके । यद्यपि खेलमा नेपालले पकड बनाउँदै दोहोरो अग्रता कायम गरेको हो ।

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतविरुद्धको खेलमा गोलकिपर अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई अवसर दिएका थिए ।

इरानविरुद्धको पहिलो रोजाइका गोलकिपर अन्जिला तुम्बापो सुब्बा तथा रक्षक निशा थोकर र हिराकुमारी भुजेललाई भारतविरुद्ध बेन्चमा राखिएको छ ।

यो खेल नेपाल र भारतबीच प्रतिष्ठाका लागि भइरहेको छ। प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३-० र भारतलाई २-० हराइसकेको छ।

एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो । त्यसपछि नेपाल र भारत भिडिरहेका छन् ।

नेपाल र भारतबीच यसअघि १८ खेल भएका छन्। भारतले ११ खेलमा जित्दा नेपालले ३ खेल मात्रै जितेको थियो। ४ खेल बराबरीमा सकिए । पछिल्ला ३ खेलमा नेपाललाई भारतले हराउन सकेको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ५० बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल