अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’ « Khabarhub

तिहारका तीन फिल्म

अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए । असोज ३१ गते ‘जेरी अन टप’, कात्तिक ६ मा ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ र कात्तिक ७ मा ‘मैझारो’ ।

रोचक कुरा के छ भने, कलाकार विल्सनविक्रम राई ‘सोल्टिनी’का कलाकार हुन् । उनी नै ‘मैझारो’को निर्देशक पनि ।

कलाकार भएकाले ‘सोल्टिनी’को कथाबारे उनलाई ज्ञात नहुने कुरै भएन । यो अवस्थामा उनले ‘सोल्टिनी’भन्दा एक दिन ढिला ‘मैझारो’ हलमा लगाए ।

यसले ‘सोल्टिनी’लाई कमजोर मानेर विल्सनले ‘मैझारो’ जुधाउन ल्याए भन्ने टिप्पणी नभएको होइन ।

यसमा विल्सनको स्पष्टीकरण छ, ‘सोल्टिनीको प्रदर्शन मिति हेरफेर भएकाले हामी एकैदिन आउन बाध्य भयौं । यी दुई फिल्म जुधेर होइन, मिलेर आएका हुन् ।’

तिहारका फिल्ममा प्रकाश सपुत र नायक अनमोल केसी स्टारर फिल्ममा धेरैको चासो थियो ।

कारण यी दुवैको निकट विगतका फिल्मको बक्स अफिस रेकर्ड खराब थियो ।

अझ अनमोल त ‘मेघा स्टार’को ट्याग पाएका हिरो हुन् ।

यता प्रकाश गायकीमा तहल्का पिटेर फिल्ममा अभ्यस्त हुने कोसिस गरिरहेका छन् । अझ भनौँ, गायकबाट हिरो बन्न हिँडेका हुन्, प्रकाश ।

त्यहीकारण हुने नै भयो चर्चा ।

त्यसो भए यी तिनजनाका लागि तिहार प्रदर्शन कस्तो रह्यो त ?

सुरुमा चर्चा गरौँ अनमोल कै ।

अनमोलले फिल्म ‘जेरी अन टप’ प्रचारको दौरान भनेका थिए, ‘बक्स अफिस कलेक्सन एउटा नम्बर हो । सबैभन्दा ठूलो कुरा दर्शकको साथ र माया हो ।’

शंकाको दृष्टिले हेर्दा अनमोलको यो अभिव्यक्तिमा निरीहता भेटिन्थ्यो । कारण– उनले बक्स अफिसबाट लगानी सुरक्षित गर्न नसकेको ह्याट्रिक हानेका थिए ।

उनको अभिनय रहेको ‘छड्के २’ बक्स अफिसमा डिजास्टर भएको थियो । यसले उनको पारिश्रमिकभन्दा कम ग्रस कलेक्सन गरेको थियो ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २५ हिट फिल्मको सूचीमा अनमोल अटाएनन् । तर, उनकै नाम अगाडि मेघा स्टारको फुर्को छ ।

उनको पारिश्रकि ५० लाख रहेको चर्चा छ । केही निर्माताले उक्त रकम बराबर पारिश्रमिक दिएको प्रमाण नै पेस गरेका छन् ।

मेघा स्टारको फुर्को र महँगो हिरो भएकाले सधैँ अनमोलको हिट फिल्मको पर्खाइ हुने गरेको हो ।

फेरि उनको कमजोर अभिनय क्षमता सधैँ आलोचनको विषय बन्ने गर्छ ।

पारिश्रमिक बढी, फिल्मको व्यापार कमजोर, कमजोर अभिनय क्षमताको टिप्पणी र लगातर फिल्म फ्लप भएको अवस्था थियो । एक हिरोको करिअरका लागि यो संकटकै अवस्था हो ।

अनि नामअगाडि मेघार स्टारको फुर्को भएर मात्रै के गर्ने ?

त्यहीकारण उनले ‘जेरी अन टप’को व्यापारबारे प्रश्न गर्दा कूटनीतिक जवाफ दिने ध्येयले दर्शकको माया जोडेको हुन सक्ने शंका गर्ने स्थान थियो ।

तर, ‘जेरी अन टप’को व्यवसायिक सफलताले अनमोललाई ठूलो राहत दिएको छ । चलचित्र विकास बोर्डका अनुसार सुरुवाती नौ दिनमा यस फिल्मको ग्रस कलेक्सन ६ करोड ५१ लाख पुगेको छ ।

शो संख्या अकुपेन्सी उच्च भएकाले यो फिल्मले ग्रस कलेक्सन अझैमाथि पुग्ने निश्चित छ ।

सकारात्मक वर्ड अफ माउथका कारण अझै पनि यो फिल्मको उच्च अनुपेन्सी कायम नै छ ।

यो पटक अनमोलले ‘अभिनयमा सुधार’ गरेको प्रतिक्रिया पनि पाएका छन् ।

दशैँको प्राइम डेटमा फिल्मको व्यापार कमजोर भएको अवस्था तिहारलक्षित गरी प्रदर्शनमा आएको ‘जेरी अन टप’को उच्च व्यापारिक आकडालाई अनमोलको स्टारडमसँग जोडेर हेरिएको छ ।

अनमोलको दशक लामो करिअरकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘जेरी अन टप’ बन्ने देखिन्छ ।

यसले अनमोलको अभिनय करिअरलाई केही राहत दिएको छ ।

तर, यस फिल्मको व्यापारलाई लिएर पनि अनमोलले नामको अगाडि ‘मेघा स्टार’ डिर्जभ गर्छन् ? यो प्रश्न कायमै छ ।
अन्य प्रश्न पनि अनमोलतर्फ तेर्सिएका छन् ।

नेपाली फिल्मको बजार ४६ करोडको छ भन्ने उदाहरण छ ।

यो अवस्थामा मेघा स्टारको ट्याग पाएका हिरोको फिल्मले कति व्यापार गर्नुपर्ने हो ?

५० लाख पारिश्रमिक लिने हिरोको फिल्मको यत्तिको व्यापार गर्नुलाई सामान्य मान्न सकिन्छ ?

झन् संकटमा प्रकाश

प्रकाश सपुतले फिल्म ‘सोल्टिनी’को ट्रेलर रिलिज कार्यक्रममा भनेका थिए, ‘अब फिल्ममा अभिनय गर्दा प्रदर्शन मिति मेरो प्राथमिकताको विषय पर्छ ।’

प्रकाशले यो त्यसै भनेका होइनन् । असोज १३ देखि कात्तिक ६ गतेसम्म अर्थात् एक महिनाभन्दा कम अवधिमा उनको अभिनय रहेको तीन फिल्म प्रदर्शनमा आए ।

एक महिनामा तीन फिल्म प्रदर्शनमा आउँदा प्रकाशका सबै फ्यानहरूले उनका सबै फिल्म हेर्न अवस्था बन्नु स्वभाविक नै हो ।
तर, कलाकारलाई प्रदर्शन मिति तय गर्ने अधिकार हुँदैन । के गरून् प्रकाश ?

कात्तिक ६ गतेबाट प्रकाश शीर्ष भूमिकामा रहेको फिल्म सोल्टिनी प्रदर्शनमा आयो ।

यसअघि नै प्रकाशले फ्लप दिनमा ह्याट्रिक हानिसकेका थिए । उनको लेखन र निर्देशन र अभिनय रहेको फिल्म ‘वसन्त’ फ्लप भयो । फूलपातीबाट प्रदर्शनमा आएका ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ पनि व्यापारिक रुपमा सफल भएनन् ।

न प्रकाशको अभिनय क्षमताले नै चर्चा पयो ।

त्यहीकारण उनको अभिनय करिअर संकटमा परेको हो ।

‘सोल्टिनी’बाट फिल्म यात्राको ओरालो ग्राफलाई उकालो लगाउने मौका प्रकाशलाई थियो ।

‘सोल्टिनी’मा पनि पुरानै कुरा दोहोरियो । न प्रकाशको अभिनय क्षमताले चर्चा पायो न यो फिल्म व्यापारिकरुपमा सफल हुने देखिएको छ ।

अब प्रकाशको दुई फिल्म ‘मित ज्यू’ र ‘परालको आगो’ प्रदर्शनमा आउन बाँकी छ ।

यी फिल्म प्रदर्शनमा नआउँदासम्म प्रकाशको फिल्म यात्रा असफल प्रयास सावित भएको छ ।

अभिनय क्षमताले प्रशंसा नपाउनु प्रकाशका लागि मुख्य दुखद पक्ष हो ।

‘सोल्टिनी’ ट्रेलर रिलिज कार्यक्रममा ‘अभिनय क्षमताबारे आत्मसमीक्षा गर्ने बेला भएन ?’ भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिएका थिए, ‘गर्ने हो । अब अझै फिल्म प्रदर्शनमा आउन बाँकी छन् । त्यसपछि गरौँला ।’

तर, प्रकाशले अब फिल्म साइन गर्नुअघि गम्भीर भएर सोच्ने समय आएको छ ।

विल्सनलाई पहिलो गाँसमै ढुङ्गो

लामो दौडधूपपछि विल्सनविक्रम राई ‘तक्मे बूढा’ले ‘मैझारो’बाट फिचर फिल्म निर्देशनमा डेब्यू गरे ।

उनले ०८० मै दुई फिल्म ‘सिलाम सिक्मा’ र ‘दाउरे एण्ड’ चाउरे निर्देशन गर्ने घोषणा गरेका थिए ।

तर, विल्सनले यी फिल्मलाई सेटमा लैजान सकेनन् । फलतः उनले धिरज मगर, मिरुना मगर र दिया पुन मगरलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘मैझारो’ बनाए ।

मंगलबार यो फिल्मले ५० भन्दा केही बढी शो पाएको छ । प्रदर्शनमको एक साताभित्रै यसरी शो खुम्चिनुले नै यो फिल्मको अकुपेन्सी कमजोर रहेको संकेत गर्छ ।

प्रचारले सामाग्रीमै कमजोर देखिएको यो फिल्मको दर्शकबाट अपेक्षित साथ पाएको छैन ।

अहिलेको अवस्था हेर्दा विल्सनको निर्देशनमा डेब्यू व्यापारिक रुपले असफल हुने देख्निछ । अर्थात्, पहिलो गाँसमै ढुङ्गो ।

तथापि, विल्सनले आफ्नो परिचयलाई कलाकारबाट निर्देशक तथा लेखक विस्तार गरेका छन् ।

अब तत्कालै उनले अर्को फिल्म निर्देशन गर्ने आँट गर्छन् गर्दैनन् त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : १३ बजे

चितवनमा सवारी दुर्घटना : साउनदेखि कात्तिकसम्म २९ जनाको ज्यान गयो

चितवन– गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले

भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ

झापा– जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई

‘निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

भैरहवा – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न