सञ्चार मन्त्री भन्छन्: सरकारले निर्वाचन सफल पार्न कुनै कसर बाँकी राख्दैन « Khabarhub

सञ्चार मन्त्री भन्छन्: सरकारले निर्वाचन सफल पार्न कुनै कसर बाँकी राख्दैन


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिवद्धताका साथ लागि परेको बताएका छन्। ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको छठ पूजामा कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्ट्राचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

सञ्चारमन्त्री खरेलले भने,“अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्ट्राचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलको क्रममा भएको धन जनको क्षतिको अनुसन्धान गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”

मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव र आत्मियताको पर्व रहेको उल्लेख गरे । “छठ तराई–मधेशबासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव, आत्मियताको पर्व र पवित्रताको प्रतिक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीहरुमा हार्दिशक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठीया माताले देशकमा शुख, शान्ति र समृद्धिको लागि हामीलाई आशिर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उनले भने।

सञ्चारमन्त्री खरेलले महालक्ष्मी नगरपालिकालाई अझै सुन्दर, व्यवस्थित र समृद्ध बनाउन बनाउन सबै लाग्नुपर्नेमा जोडा दिनुभयो । उनले अगाडि भने,“आज बोजेपोखरी सुन्दर र शान्त भएकाले हामी तमाम नगरबासीहरु जम्मा भएर छठ पर्व मनाइरहेका छौँ, यसलाई अझै हर्षोल्लासका साथ मनाउनका लागि सबैमा अनुरोध गर्न चाहन्छु ।”

सञ्चारमन्त्री खरेलले साँझ बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भई छठी माताको दर्शन गर्नुका साथै पूजा आराधना गरे। साथै उनले छठ पूजा कार्यक्रमको अवलोकनसमेत गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ४८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर