मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ « Khabarhub

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा – भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व मनाएका छन् । मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बङ्गालीलगायत विभिन्न समुदायको साझा सहभागितासहित समावेशी रूपमा छठ मनाइएको हो ।

नेपाल–भारत सीमावर्ती भद्रपुर–५ को मेची नदी किनारमा यस वर्ष एक हजारभन्दा बढी पूजास्थल निर्माण गरिएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैतर्फ हिमाल, पहाड र तराईका बासिन्दाले एकसाथ अघ्र्य अर्पण गर्दै साझा पर्वको रूपमा छठ मनाएको मैथिल समाजका अग्रज विकासकुमार गुप्ताले बताए ।

पूजास्थल वरपर सुरक्षाको व्यवस्था नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त गस्तीमार्फत गरेका छन् भने विभिन्न सामाजिक सङ्घ–संस्थाले मेलामा आएका भक्तजनका लागि निःशुल्क पानी र चियाको व्यवस्था गरेका छन् ।

पछिल्ला वर्षमा भद्रपुर र भारतको गलगलियाका स्थानीय बासिन्दाले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेका छन् । चार दिनसम्म चल्ने यस पर्वमा तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व सम्पन्न हुने परम्परा छ ।

मैथिल समाजका अग्रज गुप्ताका अनुसार जनसहभागिताका दृष्टिले नेपालको जनकपुरपछि दोस्रो स्थान भद्रपुर रहेको दाबी गर्नुभयो । झापाको मेची, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई नदी र रतुवा खोलाका किनारमा पनि भव्य रूपमा सजावटसहित छठपूजा गरिँदै आएको छ । तीमध्ये भद्रपुरस्थित मेचीघाटमा सर्वाधिक भीड हुने गरेको छ ।

यसैबीच, छठ पर्वको अवसरमा मेचीघाटस्थित छठी माता मन्दिर परिसरमा गङ्गा आरतीको विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त आरतीको शुभारम्भ भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : २४ बजे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल