नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने « Khabarhub

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओ डाउडलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। कर्णालीले म्याक्सलाई टोलीमा अनुबन्ध गरेको कुरा फेसबुकमार्फत जानकारी दिएको हो ।

टिमका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार टोलीको ब्याटिङ मजबुद बनाउनका लागि उनलाई टोलीमा भित्र्याइएको हो । उनले भने,‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनाअन्तर्गत एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं। उनी त्रिविबाट मैदान र नेपाली खेलाडीहरूसँग राम्रोसँग परिचित छन् । यसले हामीलाई पक्कै फाइदा पुग्नेछ।’

म्याक्स ओ डाउडले नेदरल्यान्ड्सका लागि ८७ टी–२० खेल खेलेका छन् । जसमा उनले २,३०९ रन बनाइसकेका छन् । एउटा शतक र १६ अर्धशतक बनाइसकेको उनी हाटहिटरका रुपमा चिनिन्छन् ।

यसअघिका संस्करणमा कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बेसिस्टोलाई अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : २९ बजे

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर