नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने « Khabarhub

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओ डाउडलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। कर्णालीले म्याक्सलाई टोलीमा अनुबन्ध गरेको कुरा फेसबुकमार्फत जानकारी दिएको हो ।

टिमका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार टोलीको ब्याटिङ मजबुद बनाउनका लागि उनलाई टोलीमा भित्र्याइएको हो । उनले भने,‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनाअन्तर्गत एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं। उनी त्रिविबाट मैदान र नेपाली खेलाडीहरूसँग राम्रोसँग परिचित छन् । यसले हामीलाई पक्कै फाइदा पुग्नेछ।’

म्याक्स ओ डाउडले नेदरल्यान्ड्सका लागि ८७ टी–२० खेल खेलेका छन् । जसमा उनले २,३०९ रन बनाइसकेका छन् । एउटा शतक र १६ अर्धशतक बनाइसकेको उनी हाटहिटरका रुपमा चिनिन्छन् ।

यसअघिका संस्करणमा कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बेसिस्टोलाई अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : २९ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु