एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छः रञ्जित कुमार « Khabarhub

एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छः रञ्जित कुमार


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताएका छन्।

बुधबार सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेपछि रञ्जितले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले भने, “विदेशी खेलाडीसँग खेल्न पाउँदा हामीले धेरै सिक्ने मौका मिलेको छ । खेल्ने क्रममा केही कमजोरी भए पनि विदेशी खेलाडीले सम्झाउनुहुन्छ । राम्रो सल्लाह दिनुहुन्छ ।”

कुमार डेब्यु खेलमै पाँच विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । टोली कप्तान कुशल मल्लले ढुक्कसँग बलिङ गर्न हौसला दिएको बताउँदै उनले आफूले पाएको अवसरमा राम्रो गरेर देखाउनुपर्छ भन्ने लागेको प्रतिक्रिया दिए। कुमारले भने, “मैदानमा आउदादेखि नै आज राम्रो गर्छु भन्ने आत्मविश्वास बढेको थियो । बलिङ मात्रै नभएर फिल्डिङमा पनि राम्रो गर्छु भन्ने विश्वास थियो ।”

आज सम्पन्न विराटनगर किङ्ससँगको खेलमा उनले चार ओभरमा २१ रन खर्चेर पाँच विकेट हात पारे । १९ वर्षीय देब्रे हाते स्पिनर बलर रहेका रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगरको यात्रामा ब्रेक लाग्यो । उनी ‘प्लेयर अफ दी म्याच’ बने ।

लगातार तीन खेल जितेको विराटनगर चौथो खेलमा चितवनसँग पराजित भएको हो । पराजित भएपछि विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताउँदै आगामी खेलमा पुनरागमन गर्ने बताए । उनले नेपाली क्रिकेटको प्रशंसा गर्दै एनपिएल नवयुवा खेलाडीका लागि राम्रो प्लेटफर्म रहेको धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ५२ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक