देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ? « Khabarhub

देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ?


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो ।

काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको छ । गत बिहीबार अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको काठमाडौंको बिहीबार बिहानको तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै जुम्लाको न्यूनतम तापक्रम बिहीबार बिहान माइनस ४ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार जुम्लाको तापक्रम माइनस २ डिग्री थियो ।

गत बिहीबार अधिकतम तापक्रम २७ दशमलव ८ डिग्री तथा न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री मापन भएको नेपालगन्जको बिहीबार बिहानको अधिकतम तापक्रम २७ तथा न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

जनकपुरको बिहीबार बिहानको न्यूनतम तापक्रम १४ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गत बिहीबार जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम १६ डिग्री मापन गरिएको थियो ।

यस्तै विराटनगरको बिहीबार बिहानको न्यूनतम तापक्रम १३ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : ५० बजे

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको