पोखरामै विश्वस्तरको आईटी शिक्षा दिने घोषणा, फिस्टेल माउण्टेन कलेजका यस्ता योजना « Khabarhub

पोखरामै विश्वस्तरको आईटी शिक्षा दिने घोषणा, फिस्टेल माउण्टेन कलेजका यस्ता योजना


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा – इन्नोभेट नेपाल ग्रुपफिस्टेल माउण्टेन कलेजमार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि शिक्षाको नयाँ चरण सुरू भएको घोषणा गरेको छ।

कार्यक्रममा आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले समूहले देशभर सूचना प्रविधि, प्रतिभा विकास, उद्योग–शिक्षा सहकार्य, स्टार्टअप प्रवर्द्धन र अन्तर्राष्ट्रिय परियोजनामा नेपाली युवाको सहभागितामार्फत बनाउँदै आएको इकोसिस्टमबारे जानकारी दिए ।

कार्यक्रममा भैरव टेकका उपलब्धिहरू प्रस्तुत गरिँदा विशेष ध्यान पेरिस ओलम्पिक्स २०२४ का लागि कम्पनीले प्रदान गरेको साइबर सुरक्षा सेवामा केन्द्रित रह्यो। आयोजकहरूले यो सहभागिता नेपाली युवाको सीपले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता पुष्टि गरेको बताए।

त्यस्तै इन्नोभेट टेक र आईएनजी टेकले विश्वका विभिन्न कम्पनीका बाह्य आईटी परियोजना नेपाल ल्याउँदै हजारौँ युवालाई रोजगारी र अभ्यासको अवसर प्रदान गरेको तथ्य पनि सार्वजनिक गरियो ।

कार्यक्रमको मुख्य आकर्षण रहेका घोषणामध्ये एक ‘ग्लोबल एआई टीम्स इनिसियटिभ थियो। यसअन्तर्गत नेपाली एआई इन्जिनियर र डेभलपरलाई विश्वमञ्चमा स्थापित गर्ने योजना छ ।

ठूलो मात्रामा लगानीसहित नेपालभरका प्रतिभालाई अन्तर्राष्ट्रिय एआई परियोजनामा प्रत्यक्ष काम गर्ने अवसर दिने योजना बनाइएको छ । एआई सीपलाई विश्व प्रतिस्पर्धी स्तरमा पुर्‍याउने दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।

यसका साथै, बेलायतमा दर्ता गरिएको साइबर सुरक्षा सेवामा केन्द्रित नयाँ कम्पनीको घोषणा पनि गरिएको छ । जसको नेतृत्व भैरव टेकका दस्यहरूले गर्नेछन्। यसले नेपाली साइबर सुरक्षा क्षमतालाई विश्वबजारमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा फिस्टेल माउण्टेन कलेजको नयाँ लोगो सार्वजनिक गर्दै कलेजलाई ‘सुपर पोकस्ड आईटी कलेज’ को रूपमा प्रस्तुत गरियो।

कलेजले उद्योग अनुसन्धानमा आधारित शिक्षा, अत्याधुनिक पाठ्यक्रम र भविष्यका टेक नेतृत्वकर्ता उत्पादन गर्ने लक्ष्य लिएको छ।

आईएनजीले एक वर्षभित्र पोखरामै कम्तीमा एक प्रविधि कम्पनी स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। जसले विद्यार्थीलाई अध्ययनसँगै रोजगारी, उद्योग एक्सपोजर र वास्तविक परियोजनामा काम गर्ने अवसर उपलब्ध गराउनेछ।

कार्यक्रममा हेराल्ड कलेज काठमाडौंका सीईओ प्रकाश श्रेष्ठले युनिभर्सिटी अफ वल्भरह्याम्प्टनसँगको सहकार्यमा पोखरामै ल्याइने अन्तर्राष्ट्रियस्तरको शैक्षिक मोडेल, मान्यता र विद्यार्थीले पाउने अवसरबारे जानकारी दिए।

यो सुरु गरिएको पहलले पोखरालाई आईटी शिक्षा, प्रविधि उद्योग र स्टार्टअप विकासका क्षेत्रमा तेजीले अगाडि बढाउने विश्वास गरिएको छ।

फिस्टेल माउण्टेन कलेज र आईएनजीको प्रविधि–केन्द्रित कार्यक्रमहरूले नेपाली युवालाई उच्च दक्षता, अन्तर्राष्ट्रिय एक्सपोजर र करियर अवसर प्रदान गर्दै नयाँ दिशाको मार्ग खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ५६ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री