लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य « Khabarhub

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लुम्बिनीबाट सबैभन्दा बढी रन जोड्ने कप्तान रोहित पौडेल हुन् । उनले ३६ बल खेल्दा ३५ रन जोडे भने ३ चौका प्रहार गरे । 

दोस्रो सर्वाधिक रनकर्ता दिलीप नाथ हुन् । उनले २९ बलमा २ चौका र एक छक्काको सहयोगमा ३१ रन जोडे । 

ओपनर डी आर्सी सर्टले १८, सुमित महर्जनले १८, गुलबदिन नैबले ११ रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् । 

बलिङतर्फ लुम्बिनीको तेस्रो विकेट लिन सुदूरपश्चिमले निकै संघर्ष गर्नुपर्‍यो । ६ ओभरको तेस्रो बलमा दोस्रो विकेट लिएको सुदूरपश्चिमले तेस्रो विकेट १४ ओभरमा पुगेर लियो । लुम्बिनीको तेस्रो विकेटका लागि ८ ओभर संघर्ष गर्नुपर्‍यो ।

१६ ओभरमा सुदूरपश्चिमका अभिनाश बोहोरोले बलिङमा कमाल देखाए । यस ओभरमा लुम्बिनीको तीन विकेट गुम्यो । १६ ओभरको दोस्रो बलमा गुलबदिन नैब आउट भए । पाँचौँ बलमा रुबेन ट्रम्पेलम्यान आउट भए । अन्तिम बलमा लुम्बिनीका दोस्रो सर्वाधिक रनकर्ता दिलीप नाथ आउट भए ।

अबिनाश र हर्मित सिंहले आजको खेलमा सर्वाधिक ३–३ विकेट लिए । हेमन्त धामीले २ र स्कट कुगेलेइजनले एक विकेट लिए । 

हर्मितले लुम्बिनीका कप्तान तथा सर्वाधिक रन बनाउने रोहित र ओपनर डीआर्सी सर्टको महत्त्वपूर्ण विकेट लिएका हुन् ।

सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा लुम्बिनी लायन्सले एक मात्रै छक्का प्रहार गरेको छ । दिलीप नाथले १० ओभरको ४ बलमा अभिनाश बोहोराको बलिङमा छक्का प्रहार गरेको हुन् ।

लुम्बिनीले सुदूरपश्चिमलाई १४३ रनको लक्ष्य दिएको छ ।

यस खेल जितेमा सुदूरपश्चिमले जारी सिजनमा लगातार चौथो जित निकाल्ने छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : २४ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले