लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य « Khabarhub

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लुम्बिनीबाट सबैभन्दा बढी रन जोड्ने कप्तान रोहित पौडेल हुन् । उनले ३६ बल खेल्दा ३५ रन जोडे भने ३ चौका प्रहार गरे । 

दोस्रो सर्वाधिक रनकर्ता दिलीप नाथ हुन् । उनले २९ बलमा २ चौका र एक छक्काको सहयोगमा ३१ रन जोडे । 

ओपनर डी आर्सी सर्टले १८, सुमित महर्जनले १८, गुलबदिन नैबले ११ रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् । 

बलिङतर्फ लुम्बिनीको तेस्रो विकेट लिन सुदूरपश्चिमले निकै संघर्ष गर्नुपर्‍यो । ६ ओभरको तेस्रो बलमा दोस्रो विकेट लिएको सुदूरपश्चिमले तेस्रो विकेट १४ ओभरमा पुगेर लियो । लुम्बिनीको तेस्रो विकेटका लागि ८ ओभर संघर्ष गर्नुपर्‍यो ।

१६ ओभरमा सुदूरपश्चिमका अभिनाश बोहोरोले बलिङमा कमाल देखाए । यस ओभरमा लुम्बिनीको तीन विकेट गुम्यो । १६ ओभरको दोस्रो बलमा गुलबदिन नैब आउट भए । पाँचौँ बलमा रुबेन ट्रम्पेलम्यान आउट भए । अन्तिम बलमा लुम्बिनीका दोस्रो सर्वाधिक रनकर्ता दिलीप नाथ आउट भए ।

अबिनाश र हर्मित सिंहले आजको खेलमा सर्वाधिक ३–३ विकेट लिए । हेमन्त धामीले २ र स्कट कुगेलेइजनले एक विकेट लिए । 

हर्मितले लुम्बिनीका कप्तान तथा सर्वाधिक रन बनाउने रोहित र ओपनर डीआर्सी सर्टको महत्त्वपूर्ण विकेट लिएका हुन् ।

सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा लुम्बिनी लायन्सले एक मात्रै छक्का प्रहार गरेको छ । दिलीप नाथले १० ओभरको ४ बलमा अभिनाश बोहोराको बलिङमा छक्का प्रहार गरेको हुन् ।

लुम्बिनीले सुदूरपश्चिमलाई १४३ रनको लक्ष्य दिएको छ ।

यस खेल जितेमा सुदूरपश्चिमले जारी सिजनमा लगातार चौथो जित निकाल्ने छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : २४ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक