पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन  « Khabarhub

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न निर्देशन दिएकी छन् । 

उनले आज जमल-कमलाछी-असन, भोटाहिटी-असन,असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा बिछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनर्भरण प्रणालीको कुरा गर्दै पूर्वाधार योजनाको ड्रइङ्, डिजाइनिङ, लागत अनुमान जस्ता प्रक्रियामा डिजाइनरले वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिएकी हुन् ।

‘सडक आफैँलाई पानी पुनःभरण हुन सक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज पीट राखेर भए पनि पानी पुनः भरण गराउनु पर्छ । यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ । अनि मात्र योजना दिगो र समुदायले अपनत्व गर्ने खालको हुन्छ ।’ डंगोलको भनाइ थियो । 

‘यस सडक खण्डमा सतहको पानी कसरी निकास हुन्छ ? सडकमा पानी जम्मा भएर पैदल यात्री, स्थानीयवासी तथा व्यापारिक क्रियाकलापमा असर हुन्छ कि हुँदैन ?’ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले योजना तर्जुमादेखि कार्यान्वयन चरण सम्मका प्रक्रियाका बारेमा अधिकारीहरूसँग जानकारी मागे। 

यस सडक खण्डमा पानी पुनःभरण हुने विधिबाट ढुङ्गा बिछ्याउने योजना थियो । यसका लागि १ सय मिटर सडकमा करिब १ महिना परीक्षण गरियो । सवारी साधनको नियमित आवतजावतले पानी पुनभरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो । अनुगमनका क्रममा सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले जानकारी गराए।  

करिब ९ सय मिटर लामो यो सडक खण्डमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ । यहाँ १२ इञ्च लम्बाइ, ८ इञ्च चौडाइ र ४ इञ्च मोटाइ भएका ढुङ्गा छापिएका छन् ।

४ करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ३ करोड ५१ लाख १४ हजार कबोल गर्ने आइएस निर्माण सेवाले काम गरेको हो । २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी २०८१ असार २४ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । जमिनमा पानी पुनःभरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको विभागीय प्रमुख राईको भनाइ छ ।

योजना मूल्यांकन तथा अनुगमन एकाइका उपनिर्देशक गंगाधर गौतमका अनुसार अनुगमनका क्रममा सामान्य त्रुटि देखिएका छन् । यी त्रुटि सुधारका लागि निर्माण पक्षलाई पत्राचार गरिनेछ । 

अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  २ : ३४ बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास