लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक « Khabarhub

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १३ औं खेलमा सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले लुम्बिनी लान्यसविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उनले लुम्बिनी विरुद्ध ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । यो जारी सिजनको १२ औं अर्धशतक हो । 

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौँ खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जबाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजित ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । 

सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औं अर्धशतक छ । दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र चितवन राइनोजका रवि बोपारा हुन् । 

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औं अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औं अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे । 

एनपीएलको तेस्रो खेलको जबाफी ब्याटिङका क्रममा भुर्तेलले विराटनगरविरुद्ध जावाफी ब्याटिङमा उनले ५९ रन जोडेका थिए । यो एनपीएलको छैटौं अर्धशतक हो । 
 
यस सिजनमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ४१ बलमा ५४ रन जोडेका थिए ।

कर्णालीका प्रियांक पञ्चाल सिजनको दोस्रो अर्धशतक प्रहार गरे । सिजनको दोस्रो खेलमा उनले चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । 

सिजनको तेस्रो अर्धशतक चितवनका बोपाराको नाममा छ । कर्णालीविरुद्धको जबाफी ब्याटिङमा उनले ३६ बलमा ५१ रन जोडे । सिजनको दोस्रो खेलको जावाफी ब्याटिङमा उनले अर्धशतक पूरा गरेका हुन् । 

चौथो अर्धशतक विराटनगर किङसका लोकेश बमको नाममा छ । उनले पोखराविरुद्ध सिजनको तेस्रो खेलमा ४८ बलमा ७२ रन जोडेका थिए ।  पाँचौ अर्धशतक पनि विराटनगरकै मार्टिन गुप्टिलको नाममा छ ।

सोही खेलमा उनले ३५ बलमा ६१ रन जोडे । सिजनको छैटौं अर्धशतक पोखराका कप्तान पोखराका कप्तान कुशल भुर्तेलको नाममा छ । 

सुदूरपश्चिम रोयल्सका हर्मित सिंहको नाममा सिजनको सातौ अर्धशतक छ । चौथो खेलमा उनले काठमाडौंविरुद्ध २० बलमा ५३ रन जोडे । आठौं अर्धशतक रवि बोपारको नाममा छ । पाँचौ खेलमा लुम्बिनीविरुद्ध उनले ५५ बलमा ६६ रन जोडेका थिए । 

नवौँ अर्धशतक सुदूरपश्चिमका जोश ब्राउनको नाममा छ । उनले छटौं खेलमा पोखराविरुद्ध ३५ बलमा ६८ रन बनाएका थिए । सिजनको १० औं अर्धशतक पोखराका कुशल भुर्तेलको नाममा छ । छटौं खेलमा उनले सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

चितवनका बोपाराले सिजको ११ औं र व्यक्तिगत तेस्रो अर्धशतक जनकपुर किङ्सविरुद्ध हानेका हुन् । यो खेलमा उनले ३८ बलमा ६५ रन जोडे ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  २ : ४२ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक