एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो « Khabarhub

एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध जित निकालेको छ ।

जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै रहेको छ । यस टिमले अघिल्ला तीन खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई हराएको थियो । अहिलेको अवस्थामा शत प्रतिशत जित निकाल्ने सुदूरपश्चिचम यस सिजनको एकल टिम हो ।

लुम्बिनीको यो तेस्रो हार हो । अघिल्ला तीन खेलमा लुम्बिनीले काठमाडौं र काठमाडौंलाई हराएको थियो भने चितवन राइनोजसँग जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको बिहीबारको पहिलो खेलमा लुम्बिनी ७ विकेटले पराजित भएको हो । टस जितेर १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १४५ रन बनायो । 

सुदूरपश्चिमको जितका लागि ओपनर बिनोद भण्डारीको ब्याटिङ निर्णायक बन्यो । उनले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजीत ६९ रन जोडे । उनी नै यस इनिङमा सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । उनको नाममा सिजनको १२ औं अर्धशतक दर्ज भएको छ । 

सुदूरपश्चिका ओपनर जोश ब्राउन ब्याटिङका चलेन । उनी ९ रन बनाएर दोस्रो ओभरको दोस्रो बलमा आउट भए । 

चौथो ओभरको पाँचौँ बलमा लुम्बिनीले सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा क्रिस लिनलाई आउट गर्‍यो । क्रिसले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन जोडे । उनी चौथो ओभरको पाँचौँ बलमा आउट भए । 

लुम्बिनीले तेस्रो विकेट लिन निकै संघर्ष गर्‍यो । दोस्रो विकेट झरेपछि १३ ओभरको संघर्षपछि सुदूरपश्चिमले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई आउट गर्‍यो । आरिफले ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे । 

तेस्रो विकेटको साझेदारी लुम्बिनीका लागि महँगो साबित भयो । यस विकेटका लागि सुदूरपश्चिमका विनोद र आरिफले ९९ रनको साझेदारी गरे । सुदूरपश्चिमका हर्मितले अविजीत ७ रन जोडे । 

लुम्बिनीका खेलाडीको बलिङ आजको खेलमा चल्न सकेन । रुबेन ट्रम्पेलम्यान, अविनाश गौतम र तिलक भण्डारीले समान एक-एक विकेट लिए । 

शेर मल्ल लुम्बिनीको खर्चिलो बलर बने । एक ओभर बलिङ गर्दा उनले १२ रन खर्चिए । ३ ओभर बलिङ गरेका गुलबदिन नैबले विकेटविहीन रहेर २७ रन खर्चिए । रुबेनले तीन ओभर बलिङ गर्दा एक विकेट लिएर २७ रन नै खर्चिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : ०१ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक