भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’ « Khabarhub

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ । यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।

भायानेटका अनुसार सुपरहिट इन्टरनेट प्याकअन्तर्गत १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध गराएको छ ।  जसमा सबैभन्दा लोकप्रिय  २०० एमबीपीएस वार्षिक प्याकेज अब  ११,२०० (भ्याटसहित) मा प्राप्त गर्न सकिन्छ । 

विशेष रूपमा २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट निःशुल्क पाउनेछन् । 

साथै, यिनै २०० एमबीपीएस वा सोभन्दा  माथिको प्याकेजहरूमा प्राथमिकता सेवाको साथमा ‘उही दिन समर्थन’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दिउँसो ३ बजेअघि दर्ता गरिने इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ।

भायानेटका अनुसार मेश राउटर पनि विशेष मूल्यमा उपलब्ध गराएको छ । सामान्यतया ३,००० रुपैयाँ पर्ने मेश राउटर अहिले २,५०० मा पाइनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ०१ बजे

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,