जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक « Khabarhub

जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४ औँ खेलमा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सका सुमीत वर्माले अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्माले २९ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । 
यो जारी सिजनको १३ औँ अर्धशतक हो । 

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौं खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजीत ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । 

सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औँ अर्धशतक छ ।

दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र चितवन राइनोजका रवि बोपारा हुन् । 

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औँ अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औँ अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे । 

एनपीएलको तेस्रो खेलको जवाफी ब्याटिङका क्रममा भुर्तेलले विराटनगरविरुद्ध जावाफी ब्याटिङमा उनले ५९ रन जोडेका थिए । यो एनपीएलको छैटौं अर्धशतक हो । 

यस सिजनमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ४१ बलमा ५४ रन जोडेका थिए ।

कर्णालीका प्रियांक पञ्चाल सिजनको दोस्रो अर्धशतक प्रहार गरे । सिजनको दोस्रो खेलमा उनले चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । 

सिजनको तेस्रो अर्धशतक चितवनका बोपाराको नाममा छ । कर्णालीविरुद्धको जवाफी ब्याटिङमा उनले ३६ बलमा ५१ रन जोडे । सिजनको दोस्रो खेलको जावाफी ब्याटिङमा उनले अर्धशतक पूरा गरेका हुन् । 

चौथो अर्धशतक विराटनगर किङसका लोकेश बमको नाममा छ । उनले पोखराविरुद्ध सिजनको तेस्रो खेलमा ४८ बलमा ७२ रन जोडेका थिए । 

पाँचौ अर्धशतक पनि विराटनगरकै मार्टिन गुप्टिलको नाममा छ । सोही खेलमा उनले ३५ बलमा ६१ रन जोडे ।
सिजनको छैटौं अर्धशतक पोखराका कप्तान पोखराका कप्तान कुशल भुर्तेलको नाममा छ । 

सुदूरपश्चिम रोयल्सका हर्मित सिंहको नाममा सिजनको सातौ अर्धशतक छ । चौथो खेलमा उनले काठमाडौंविरुद्ध २० बलमा ५३ रन जोडे । 

आठौं अर्धशतक रवि बोपारको नाममा छ । पाँचौ खेलमा लुम्बिनीविरुद्ध उनले ५५ बलमा ६६ रन जोडेका थिए । 
नवौं अर्धशतक सुदूरपश्चिमका जोश ब्राउनको नाममा छ । उनले छटौं खेलमा पोखराविरुद्ध ३५ बलमा ६८ रन बनाएका थिए ।

सिजनको १० औँ अर्धशतक पोखराका कुशल भुर्तेलको नाममा छ । छटौं खेलमा उनले सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

चितवनका बोपाराले सिजको ११ औँ र व्यक्तिगत तेस्रो अर्धशतक जनकपुर किङ्सविरुद्ध हानेका हुन् । यो खेलमा उनले ३८ बलमा ६५ रन जोडे ।

सिजनको १२ औँ अर्धशतक लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर बिनोद भण्डारीले प्रहार गरेका हुन् । सिजनको १३ औँ खेलमा उनले ४९ बलमा जविजीत ६९ रन जोडेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : २७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर