जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक « Khabarhub

जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४ औँ खेलमा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सका सुमीत वर्माले अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्माले २९ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । 
यो जारी सिजनको १३ औँ अर्धशतक हो । 

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौं खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजीत ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । 

सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औँ अर्धशतक छ ।

दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र चितवन राइनोजका रवि बोपारा हुन् । 

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औँ अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औँ अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे । 

एनपीएलको तेस्रो खेलको जवाफी ब्याटिङका क्रममा भुर्तेलले विराटनगरविरुद्ध जावाफी ब्याटिङमा उनले ५९ रन जोडेका थिए । यो एनपीएलको छैटौं अर्धशतक हो । 

यस सिजनमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ४१ बलमा ५४ रन जोडेका थिए ।

कर्णालीका प्रियांक पञ्चाल सिजनको दोस्रो अर्धशतक प्रहार गरे । सिजनको दोस्रो खेलमा उनले चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । 

सिजनको तेस्रो अर्धशतक चितवनका बोपाराको नाममा छ । कर्णालीविरुद्धको जवाफी ब्याटिङमा उनले ३६ बलमा ५१ रन जोडे । सिजनको दोस्रो खेलको जावाफी ब्याटिङमा उनले अर्धशतक पूरा गरेका हुन् । 

चौथो अर्धशतक विराटनगर किङसका लोकेश बमको नाममा छ । उनले पोखराविरुद्ध सिजनको तेस्रो खेलमा ४८ बलमा ७२ रन जोडेका थिए । 

पाँचौ अर्धशतक पनि विराटनगरकै मार्टिन गुप्टिलको नाममा छ । सोही खेलमा उनले ३५ बलमा ६१ रन जोडे ।
सिजनको छैटौं अर्धशतक पोखराका कप्तान पोखराका कप्तान कुशल भुर्तेलको नाममा छ । 

सुदूरपश्चिम रोयल्सका हर्मित सिंहको नाममा सिजनको सातौ अर्धशतक छ । चौथो खेलमा उनले काठमाडौंविरुद्ध २० बलमा ५३ रन जोडे । 

आठौं अर्धशतक रवि बोपारको नाममा छ । पाँचौ खेलमा लुम्बिनीविरुद्ध उनले ५५ बलमा ६६ रन जोडेका थिए । 
नवौं अर्धशतक सुदूरपश्चिमका जोश ब्राउनको नाममा छ । उनले छटौं खेलमा पोखराविरुद्ध ३५ बलमा ६८ रन बनाएका थिए ।

सिजनको १० औँ अर्धशतक पोखराका कुशल भुर्तेलको नाममा छ । छटौं खेलमा उनले सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

चितवनका बोपाराले सिजको ११ औँ र व्यक्तिगत तेस्रो अर्धशतक जनकपुर किङ्सविरुद्ध हानेका हुन् । यो खेलमा उनले ३८ बलमा ६५ रन जोडे ।

सिजनको १२ औँ अर्धशतक लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर बिनोद भण्डारीले प्रहार गरेका हुन् । सिजनको १३ औँ खेलमा उनले ४९ बलमा जविजीत ६९ रन जोडेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : २७ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा