पहिलो ओभरमै जनकपुरलाई दोहोरो झट्का, दुवै ओपनर पोखरका विपिनको शिकार « Khabarhub

पहिलो ओभरमै जनकपुरलाई दोहोरो झट्का, दुवै ओपनर पोखरका विपिनको शिकार


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पहिलो ओभरको पाँचै बलमा आइपुग्दा दुई विकेट गुमाएको छन् । 

जनकपुरका ओपनर आशिफ शेख पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट रुपमा डक आउट भएका हुन् ।

दोस्रो विकेटका रुपमा  शुभ कंशकार ४ रन जोडेर आउट भएका हुन् । उनले २ बलमा एक चौका प्रहार गरे । 

जनकपुरका यी दुवै ब्याटर पोखराका विपिन खत्रीको बलको शिकार भएका हुन् । 

भरपर्दा सुरुवाती ब्याटरहरु गुमाएपछि पहिलो ओभरमा दोहोरो झट्का बेहोरेको जनकपुरको ब्याटिङ सुरुमै धर्मराएको देखिन्छ ।

टस हारेर जवाफी ब्याटिङमा आएको जनकपुरले १५६ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ५१ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा