संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट « Khabarhub

संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्धको जनकपुर बोल्ट्सको ब्याटिङ संकटतिर धकेलिएको छ ।

१५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ३ ओभरको अन्तिम बलमा ४ विकेट गुमाएको हो । यो टिमले २८ रनको दयनीय अवस्थामा छ ।

चौथो विकेटका रुपमा माज सदाकत २० रन जोडेर आउट भए । उनी पोखराका सुमीत वर्माको बलमा क्याच आउट भएका हुन्  ।

तेस्रो विकेटका रुपमा जान निकोल लोफ्टी-इटन ६ बल खेलेर २ रन जोडेर आउट भए । उनी पनि वर्माकै बलमा आउट भएका हुन् । 

जनकपुरका ओपनर आशिफ शेख पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट रुपमा डक आउट भएका हुन् । दोस्रो विकेटका रुपमा  शुभ कंशकार ४ रन जोडेर आउट भएका हुन् । उनले २ बलमा एक चौका प्रहार गरे । यी दुवै पोखराका विपीन खत्रीको बलमा आउट भएका हुन् । 

टस हारेर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५६ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ०७ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा