मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे हेटौंडा–४ कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पशुपतिनगरबाट हेटौंडातर्फ आउँदै गरेको ना।३८प ५८५० नं।को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकलको ठक्करबाट वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रामा बसोबास गर्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको र दुर्घटनामा संलग्न मोटरसाइकल तथा बारा सिम्रनगढ नगरपालिका- ११ का २५ वर्षीय चालक सुनिल ठाकुर लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : ४२ बजे

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी