मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे हेटौंडा–४ कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पशुपतिनगरबाट हेटौंडातर्फ आउँदै गरेको ना।३८प ५८५० नं।को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकलको ठक्करबाट वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रामा बसोबास गर्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको र दुर्घटनामा संलग्न मोटरसाइकल तथा बारा सिम्रनगढ नगरपालिका- ११ का २५ वर्षीय चालक सुनिल ठाकुर लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : ४२ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम