धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते « Khabarhub

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई गुटबीच कुटाकुट भएको छ। नगर पार्टी कार्यालयमा भएको छलफलको बीचमै विवाद चर्किँदा ईश्वर पोखरेल समूहका अनिल राजधामी कुटिएका हुन्।

बिहीबार दिउँसो युवा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर आन्तरिक सहमति गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा छलफल सुरु भएको थियो । सोही विषयमा उठेको मतभेद झडपमा बदलिएको सहभागीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै गएपछि राजधामीलाई पार्टी कार्यालयबाट नेपाल बैंक छाता चोकतर्फ तानेर कुटिएको थियो । राजधामीले युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले उनीमाथि कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट घाइते राजधामीलाई तत्कालै विजयपुर अस्पतालमा लगिएकाे थियाे । त्यहा सामान्य उपचारपछि उनी घर फर्किएका छन् । घटनाबारे एमाले नेतृत्वले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : २३ बजे

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु

एयरपोर्टमा अँगालेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र