पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु « Khabarhub

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सारिएको विषयमा सामाजिक सञ्जालमार्फत माफी मागेका छन्।

उनले सर्वसम्मत निर्णय हुने अवस्था नबनेसम्म बैठक सार्न बाध्य हुने उल्लेख गर्दै यसबापत आफूलाई जति गाली गरेपनि स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्।

‘माफ पाउँ सबैसँग बैठक सारेकाेमा। गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ। जब सम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु। म कार्यवाहक रहेसम्म’, उनले बिहीबार राति एक्समा लेखेका छन्।

महाधिवेशनको विषयमा विवाद भएपछि कांग्रेसको बैठक पटक पटक सर्दै आएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : ३९ बजे

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी