डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति ८:३० बजेतिर आलिताल गाउँपालिका-४ जाल्टुडामा म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो। सो दुर्घटनामा परी एक जना घाइते भएका छन्।

परशुराम नगरपालिका-१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो।

दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका-३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएका छन्। उनको जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।

उक्त अटोमा चालकसहित तीन जना सवार थिए। दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन्। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। जिपमा सवार तीनैजना सकुशल रहेको बताइन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : ३१ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति