स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला « Khabarhub

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ ।

काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङमा मेला आयोजना भएको हो ।

मेलाको उद्‌घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौँ महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए।

रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालाई प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए। मेलामा ५५ जिल्लाका उत्पादन राखिएका छन् । उपभोक्ताले ती उत्पादन खरिद गर्नसक्ने छन् । 

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १ : ०७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै