हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम « Khabarhub

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार हात्ती सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्षकी पुनम कलीले २५० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन्।

यसैगरी २० वर्षकी हात्तीले २३५ अंकसहित द्वितीय स्थान प्राप्त गर्दा ३५ वर्षकी चम्पा कलीले २२४ अंक ल्याएर तृतीय स्थान हात पारेकी छन्।

प्रतियोगितामा ४० वर्षकी पूजा कली र २६ वर्षकी समृद्धि कली पनि सहभागी थिए। हात्तीको शारीरिक बनावट, हिँडाइ, स्वभाव र समग्र आकर्षणका आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ।

हात्ती महोत्सव अन्तर्गत आयोजना गरिएको यस प्रतियोगिताले पर्यटन प्रवर्द्धनसँगै हात्ती संरक्षण र उनीहरूप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : २० बजे

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा