हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम « Khabarhub

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार हात्ती सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्षकी पुनम कलीले २५० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन्।

यसैगरी २० वर्षकी हात्तीले २३५ अंकसहित द्वितीय स्थान प्राप्त गर्दा ३५ वर्षकी चम्पा कलीले २२४ अंक ल्याएर तृतीय स्थान हात पारेकी छन्।

प्रतियोगितामा ४० वर्षकी पूजा कली र २६ वर्षकी समृद्धि कली पनि सहभागी थिए। हात्तीको शारीरिक बनावट, हिँडाइ, स्वभाव र समग्र आकर्षणका आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ।

हात्ती महोत्सव अन्तर्गत आयोजना गरिएको यस प्रतियोगिताले पर्यटन प्रवर्द्धनसँगै हात्ती संरक्षण र उनीहरूप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : २० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको