‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय « Khabarhub

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता पात्रको भूमिका निभाएका छन्, जसले आज पनि दर्शकलाई प्रभावित बनाउँछ । विशेषगरी ‘बाजिगर’ र ‘डर’ जस्ता ९० को दशकका थ्रिलर फिल्ममा उनले खलनायकको भूमिका निभाएका थिए । शाहरुख खानले निभाएको खलनायक पात्रको पनि छुट्टै फ्यानबेस छ । उनको यस्ता भूमिकाबाट दक्षिण भारतीय सुपरस्टार थलापथी विजय पनि निकै प्रभावित छन् ।

भारतीय मिडिया हेडलाइन टुडेसँगको अन्तर्वार्तामा उनले आफूलाई खलनायकको भूमिका खेल्न कुनै असहज नहुने बताए । यद्यपि यस्ता पात्र सशक्त र प्रभावशाली हुनुपर्ने उनको धारणा छ । शाहरुख खानले ‘बाजिगर’ वा ‘डर’मा देखाएको दमदार पात्र भए मात्रै आफू खलनायकको भूमिकामा देखिने उनको भनाइ छ ।

सन् १९९३ मा अब्बास–मस्तानको निर्देशनमा बनेको ‘बाजिगर’ मा शाहरुख खानले पहिलो पटक एन्टी–हिरोको भूमिका निभाएका थिए । अजय शर्मा नामक पात्रमार्फत उनले बदला र पहिचान परिवर्तनको कथा प्रस्तुत गरेका थिए । यसबाट उनको करियरमा ठूलो मोड आएको थियो । यस फिल्ममा काजोल र शिल्पा शेट्टी मुख्य भूमिकामा थिए ।

त्यसै वर्ष यश चोपडाको निर्देशनमा बनेको ‘डर : ए भायोलेन्ट लभ स्टोरी’मा पनि शाहरुखले एक अन्धो प्रेमी एवम् स्टकरको भूमिका निभाएका थिए । मनोवैज्ञानिक थ्रिलरको रूपमा बनेको यो फिल्म बक्स अफिसमा अत्यन्त सफल भयो । फिल्ममा सन्नी देओल, जुही चावला र अनुपम खेरलगायत कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : ४१ बजे

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

काठमाठौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं