प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल « Khabarhub

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले समसामयिक घटनाक्रम, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनजस्ता विषयमा छलफल गर्न तीन शीर्ष नेतालाई बालुवाटार डाकेकी हुन् ।

हिजो शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले तीनै जना नेताहरुलाई भेटेर बालुवाटार आउन निम्तो दिएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : ४८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा