प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल « Khabarhub

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले समसामयिक घटनाक्रम, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनजस्ता विषयमा छलफल गर्न तीन शीर्ष नेतालाई बालुवाटार डाकेकी हुन् ।

हिजो शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले तीनै जना नेताहरुलाई भेटेर बालुवाटार आउन निम्तो दिएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : ४८ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु