ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत « Khabarhub

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने संकेत सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन स्थानहद पुनरावलोकन गर्न सकिने संकेत दिएको हो।

यसपछि सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मुख्य राजनीतिक दलका अध्यक्षमाथि स्थानहद लगाइनु उपयुक्त नहुने बताएका छन्। निर्वाचनलाई सहज र विश्वसनीय बनाउन यस्तो निर्णय लिइएको हो भने त्यसलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ।

जेनजी आन्दोलनका क्रममा दमन गरिएको आरोपमा छानबिनका लागि गठित आयोगले ओलीलाई काठमाडौँ उपत्यकाबाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो। तर पछिल्लो राजनीतिक संवादसँगै उक्त निर्णयमा लचकता देखिन थालेको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : ११ बजे

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन