सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु « Khabarhub

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको उनले बताए ।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक धनकौल–४ मैनाथपुरका ३० वर्षीय अरुणराय यादवको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : १८ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च