सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु « Khabarhub

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको उनले बताए ।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक धनकौल–४ मैनाथपुरका ३० वर्षीय अरुणराय यादवको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : १८ बजे

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २