सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने « Khabarhub

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिँदै छ । सुदूरपश्चिमको बैतडीस्थित मेलौली, बाजुराको कोल्टी, डोटीको विपिनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै उक्त पहल थालिएको बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द जानकारी दिए । उनका अनुसार जिल्लाको तल्लोस्वराड क्षेत्रका बासिन्दाको माग र लामो प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।

मेलौलीमा इलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयले स्थानीय खुसी भएका छन् । इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लोस्वराड क्षेत्रका बासिन्दालाई नागरिकतासहित अत्यावश्यक कामका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

तल्लोस्वराड क्षेत्रका साथै मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई प्रशासनिक कामका लागि सहज हुने बताउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले सरकारले गरेको यो निर्णय उत्कृष्ट रहेको धारणा राखे ।

उनले भने, “तल्लोस्वराडबासीका लागि मेलौलीमा इलाका प्रशासन स्थापना हुनु उत्कृष्ट कार्य हो । अब नागरिकता बनाउनका लागि हजारौँ रकम खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हट्नेछ ।”

योसँगै सरकारले ताप्लेजुङको सिरिजङ्गा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट र सङ्खुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १० : ३२ बजे

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २