नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड « Khabarhub

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध कायम भएको ७०औँ वर्षका अवसरमा यो वर्षभर आयोजित कार्यक्रमहरूको समापनका सन्दर्भमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा उनले सरकारीस्तरका साथै जनस्तरमा पनि द्विदेशीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।

उपसभामुखले व्यापार, लगानी, भौतिक पूर्वाधारका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरे ।

कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउँदै आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन, युवा विकासलगायत क्षेत्रलाई केन्द्रमा राखेर सहायता परिचालन गरिरहेको जानकारी दिए ।

हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकीहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रम समावेश गरिएका जानकारी दिँदै कार्यवाहक राजदूत चौले दुवै देशको साँझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य भएको बताए ।

सो अवसरमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १० : ४९ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल