नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड « Khabarhub

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध कायम भएको ७०औँ वर्षका अवसरमा यो वर्षभर आयोजित कार्यक्रमहरूको समापनका सन्दर्भमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा उनले सरकारीस्तरका साथै जनस्तरमा पनि द्विदेशीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।

उपसभामुखले व्यापार, लगानी, भौतिक पूर्वाधारका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरे ।

कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउँदै आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन, युवा विकासलगायत क्षेत्रलाई केन्द्रमा राखेर सहायता परिचालन गरिरहेको जानकारी दिए ।

हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकीहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रम समावेश गरिएका जानकारी दिँदै कार्यवाहक राजदूत चौले दुवै देशको साँझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य भएको बताए ।

सो अवसरमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १० : ४९ बजे

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको

ग्यास अभावको विरोध : विद्यार्थीले सडकमै दाउरामा पकाए खाना

काठमाडौं– सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र