अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने « Khabarhub

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने स्थानीय सञ्चारमाध्यम टोलो न्युजले शनिबार जनाएको छ ।

यो नगर कान्दाहारको झारी जिल्लामा तीन हजार हेक्टर जमिनमा निर्माण गरिनेछ, जहाँ आवासीय प्लटका साथै स्कूल, स्वास्थ्य केन्द्र र पानी आपूर्ति नेटवर्क जस्ता प्रमुख सार्वजनिक सुविधाहरू समावेश हुनेछन् ।

यस प्रान्तको दामन र झारी जिल्लाहरूमा फर्कने परिवारहरूका लागि जग्गा बाँडफाँड प्रक्रिया पहिले नै भइसकेको छ । यो योजनाबाट लगभग पाँच हजार परिवारहरूलाई लाभान्वित गर्छ ।

सरकारले विदेशबाट फर्केका परिवारहरूको आवश्यकतालाई सम्बोधन गर्न देशभरिका धेरै जिल्लाहरूमा थप आवास परियोजनाहरूको योजना बनाएको रिपोर्टमा बताइएको छ।

अफगानिस्तानमा हालैका महिनाहरूमा विदेश ९खासगरी पाकिस्तान र इरान०मा शरणार्थीको रूपमा बसोबास गर्दै आएका फर्कन अफगानी आप्रवासीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको उच्च आयोग (यूएनएचसीआर)को तथ्याङ्कले यस वर्ष अहिलेसम्म लगभग २८ लाख अफगानीहरू छिमेकी देशहरूबाट फर्किएका देखाएको छ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १० : १७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने