विजयले साइन गरे ‘जनै हराएको बाउन’, बन्नेछ केन्द्रीय भूमिका रहेको दोस्रो फिल्म « Khabarhub

विजयले साइन गरे ‘जनै हराएको बाउन’, बन्नेछ केन्द्रीय भूमिका रहेको दोस्रो फिल्म


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालको केन्द्रीय भूमिकामा रहेको पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ । यो फिल्मले नेपाली इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सनको कीर्तिमान राखेको छ ।

यही फिल्ममा विजय पहिलो पटक केन्द्रीय भूमिकामा देखिएका हुन् । उनको पहिलो प्रयास नै सफल बन्यो ।

‘पूर्णबहादुरको सारङ्गी’ले कीर्तिमान कायम राखेपछि विजयले ‘दोस्रो कुन फिल्ममा काम गर्लान् ?’ भन्ने चर्चाको विषय थियो ।

तर, विजयले पहिलो फिल्म सफलतापछि फिल्मबाट ब्रेक लिए । उनले नाटक ‘हरि हजुरबुवा’मा अभिनय गरे ।

तर, विजयले विश्रामलाई छोट्याएका छन् । उनले नयाँ फिल्ममा साइन गरेका छन् । उनी हिमाल न्यौपानेको निर्देशन रहने फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्ध भएका हुन् ।

निर्देशक न्यौपानेका अनुसार विजय केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएका हुन् । अर्थात्, यो उनको केन्द्रीय भूमिका रहेको दोस्रो फिल्म हुनेछ ।

‘पूर्णबहादुरको सारङ्गी’ हिट भएको दुई महिना कुरेर नयाँ फिल्म ‘जनै हराएको बाउन’मा अनुबन्ध भएका विजय कथाले आकर्षित गरको बताउँछन् ।

यस फिल्मको लेखक भानुभक्त ढकाल हुन् । फिल्मले गाउँटबाट सहर छिरेका एक व्यक्तिको संर्घष र उसको जीवनामा आइपर्ने अनपेक्षित परिस्थितको कथा उठान गरेको निर्माण पक्षले खुलाएको छ ।

अन्य कलाकार चयनको काम केही दिनमा पूरा हुने निर्देशक न्यौपानले बताउँछन् । यो वर्षको अन्त्यसम्म फिल्मको छायाङ्कन सक्ने योजनामा न्यौपाने रहेका छन् ।

पेपरक्लिप प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्माताहरु सीआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डीसी र निशान्त श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्