एक हजार आप्रवासीलाई ट्रम्पले घर फर्काए: बाँच्ने अधिकार खोसिएको भन्दै प्रदर्शन « Khabarhub

एक हजार आप्रवासीलाई ट्रम्पले घर फर्काए: बाँच्ने अधिकार खोसिएको भन्दै प्रदर्शन


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आइतबार एक हजार अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ। सिकगो र मियामी जस्ता धेरै सहरमा धरपकड गर्दै गिरफ्तार गरिएको हो।

त्यसैगरी ट्रम्पले अमेरिकामा जन्मँदा नागरिकता पाउने प्रावधानको अन्त्यका लागि प्रयास जारी राखेको बताएका छन्। उनले अमेरिकी संविधानको १४ औँ संशोधन दास प्रथाको अन्त्यसँगै दासका सन्तानलाई नागरिकता दिन यो नियम ल्याइएको भए पनि अहिले यो आवश्यक नभएको बताएका छन्।

ट्रम्प आप्रवासी विरुद्ध आक्रामक भए पनि उनको विरुद्धमा प्रदर्शन सुरु भएको छ। टेक्ससको फर्ट वर्थ र यालेमा विद्यालय, चर्च र अन्य सार्वजनिक स्थलमा समेत गिरफ्तार हुन थालेपछि सबैको बाँच्न पाउने अधिकार रहेको भन्दै प्रदर्शन सुरु भएका हुन्।

ट्रम्पलाई कोलम्बियाले आप्रवासी निर्बाध रूपमा फिर्ता गर्न अनुमति दिएपछि यसलाई आफ्नो जितको रूपमा व्याख्या गरेका छन्।

यसैगरी मेक्सिकोका राष्ट्रपति सियनबाउमले अमेरिकाले फिर्ता पठाएका चार हजार आप्रवासी आफ्नो देशमा पठाएको बताएकी छिन्। ट्रम्प प्रशासनले आप्रवासीलाई कागजात मिलाउने सर्तमा पनि राख्न नदिने बताएका छन्। यसले सबै भन्दा धेरै अफगान र युक्रेनी शरणार्थीमा असर गर्ने देखिएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : १६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन