एक हजार आप्रवासीलाई ट्रम्पले घर फर्काए: बाँच्ने अधिकार खोसिएको भन्दै प्रदर्शन « Khabarhub

एक हजार आप्रवासीलाई ट्रम्पले घर फर्काए: बाँच्ने अधिकार खोसिएको भन्दै प्रदर्शन


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आइतबार एक हजार अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ। सिकगो र मियामी जस्ता धेरै सहरमा धरपकड गर्दै गिरफ्तार गरिएको हो।

त्यसैगरी ट्रम्पले अमेरिकामा जन्मँदा नागरिकता पाउने प्रावधानको अन्त्यका लागि प्रयास जारी राखेको बताएका छन्। उनले अमेरिकी संविधानको १४ औँ संशोधन दास प्रथाको अन्त्यसँगै दासका सन्तानलाई नागरिकता दिन यो नियम ल्याइएको भए पनि अहिले यो आवश्यक नभएको बताएका छन्।

ट्रम्प आप्रवासी विरुद्ध आक्रामक भए पनि उनको विरुद्धमा प्रदर्शन सुरु भएको छ। टेक्ससको फर्ट वर्थ र यालेमा विद्यालय, चर्च र अन्य सार्वजनिक स्थलमा समेत गिरफ्तार हुन थालेपछि सबैको बाँच्न पाउने अधिकार रहेको भन्दै प्रदर्शन सुरु भएका हुन्।

ट्रम्पलाई कोलम्बियाले आप्रवासी निर्बाध रूपमा फिर्ता गर्न अनुमति दिएपछि यसलाई आफ्नो जितको रूपमा व्याख्या गरेका छन्।

यसैगरी मेक्सिकोका राष्ट्रपति सियनबाउमले अमेरिकाले फिर्ता पठाएका चार हजार आप्रवासी आफ्नो देशमा पठाएको बताएकी छिन्। ट्रम्प प्रशासनले आप्रवासीलाई कागजात मिलाउने सर्तमा पनि राख्न नदिने बताएका छन्। यसले सबै भन्दा धेरै अफगान र युक्रेनी शरणार्थीमा असर गर्ने देखिएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : १६ बजे

डा. पाण्डे आउट भएसँगै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियनमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स