विपद् व्यवस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै | Khabarhub Khabarhub

विपद् व्यवस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपतकालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प, कोभिड– १९ महामारी तथा २०८० साल कात्तिक १७ को जाजरकोट भूकम्पमा नेपालको स्वास्थ्य प्रणालीले प्रदान गरेका सेवा सराहनीय रहेको जनाइएको छ ।

यो सिकाइ विश्वका लागि पनि सिकाइ भइरहेकाले विश्व स्वास्थ्य सङ्गठनले अन्यत्र पनि कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका, २०७९ जारी गरिसकेको छ । यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटलाइट वर्गीकरणसमेत गरेको छ ।

नेपालको कुनै पनि स्थानमा स्वास्थ्य आपतकालीन अवस्था र विपद् आएको खण्डमा समयमै रोगको पहिचान, रोकथाम र उपचार गरी रोग र मृत्युदरलाई कम गर्न तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीको परिचालन गर्न सहयोग पुर्याउने द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह मार्फत काम गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा मन्त्रालयले उक्त तालिम सञ्चालन गरिरहेको हो । विपद् तथा स्वास्थ्य आपतकालीन अवस्थामा अस्पतालमा कार्यरत जनशक्तिको परिचालन, जिम्मेवारी, अस्पतालको सेवालाई कसरी चुस्त बनाउने भन्ने उद्देश्यले आयोजित तालिमलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।

यसक्रममा  सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल, ट्रमा सेन्टर, हेटौँडा अस्पताल, गोरखा अस्पताल र जीपी कोइराला श्वासप्रश्वास अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजित तालिम सोमबार सम्पन्न भएको छ ।

तालिममा डा. नवीन फुयाँल, डा. विज्ञान प्रजापति, डा. मनिसा सेन, डा. अमित सिंह, डा. गौरव देवकोटा र डा. सविता पौडेलले सहजीकरण गरेका थिए ।

तालिम समापनका अवसरमा आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. बुढाथोकीले जनस्वास्थ्य आपतकालको व्यवस्थापन गर्नका लागि विषयगत समितिबाट निर्देशिका जारी गर्न सहमति दिइसकेको जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : ३१ बजे

कोशी नदीका सिकारी : आफ्नै नम्बरी जग्गामा बगेको कोशीबाट निकाल्छन् काठ-दाउरा

धरान – वीरबहादुर माझी (६०) वराहक्षेत्र-६ सुनसरी स्थित कोशी किनारका

लेखकको जुँगा हेरेर तोकिन्छ किताबको मूल्य 

काठमाडौं- दशैँ नलाग्दै दशैँका लागि भनेर प्रकाशन गृहहरूले पुस्तकका आकर्षक ‘कभर

काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू (तस्बिरहरू) 

काठमाडौं– आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा

कांग्रेसले रामहरिलाई सुनुवाइ समिति सभापतिको उम्मेदवार बनाउने 

काठमाडौं– नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका

पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन

बेइजिङ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत