‘एक्टर’को प्रिमियर : निश्चल भन्छन्- बजार तताउँछ, अरुले के भने ? | Khabarhub Khabarhub

‘एक्टर’को प्रिमियर : निश्चल भन्छन्- बजार तताउँछ, अरुले के भने ?


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वान’को सोमबार ग्रान्ड प्रिमियर गरिएको छ ।

भक्तपुरको राधेराधेस्थित एक हलमा गरिएको प्रिमियरमा कलाकार, फिल्मकर्मी, सञ्चारकर्मी र अथिति गरी सात सयभन्दा बढीले प्रिमियर शो हेरेका निर्माण पक्षको दाबी छ ।

प्रिमियरमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, राजबल्लभ कोइराला, दिव्या रायमाझी र आना शर्मा बगिगार्डसहित पुगेका थिए ।

११ वर्षपछि फिल्ममा कमब्याक गरेका राजबल्लभ प्रिमियरको आकर्षणको प्रमुख पात्र बनेका थिए ।

प्रिमियरपछि पनि कलाकारहरूले राजबल्लभ र दिव्याकेन्द्रित प्रतिक्रिया दिए । अर्थात् डेब्यू नायिका दिव्याको अभिनयबाट प्रिमियरमा सहभागीको ध्यान खिच्न सफल भइन् ।

नायिका वर्षा राउतले राजबल्लभलाई धेरैपछि पर्दामा देख्न पाउँदा खुसी लागेको बताइन् । साथै, दिव्याको अभिनयलाई उनले नायिका हुने पर्ने ‘औरा’ भेटेको बताइन् ।

फिल्मबारे भनिन्, ‘सबै कलाकारको अभिनय राम्रो छ । सबैले आफ्नो पात्रलाई न्याय गर्नुभएको छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ ।’

फिल्म ‘इन्टु मिन्टु लन्डन’की निर्देशक रेनशा राईले पनि फिल्म आकर्षक बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘फिल्म राम्रो छ । प्रदीप र आनाको अभिनय सशक्त छ । दिव्याको काम पनि राम्रो छ । उनलाई फिल्म क्षेत्रमा स्वागत छ ।’

त्यस्तै, फिल्ममा विशेष भूमिकामा रहेका निर्देशक निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत् फिल्मले बजार तताउने बताएका छन् । उनले लेखेका छन्, ‘सुस्ताएको फिल्म बजार एक्टरले तताउँछ जस्तो छ । निर्देशक राजन भुसाल र उनको टिमको काम राम्रो छ । आकर्षक कन्टेन्ट, कलाकारहरुको राम्रो प्रस्तुती र दामी साउन्ड मिक्सिङ ।’

प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ निर्माता छवि ओझा, कलाकार जितु नेपाल, सुमन कार्की र नायक सरोज खनाललगायत पनि सहभागी भए ।

‘एक्टर : टेक वान’ को निर्देशक राजन भुसाल हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयमले लेखेका छन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : ३१ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि