साताको अन्तिम नेप्से २५ अंकले बढ्यो  « Khabarhub

साताको अन्तिम नेप्से २५ अंकले बढ्यो 


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर बजार आज बढेर बन्द भएको छ । आज मंगलबार भएपनि बुधबार र बिहीबार सार्वजनिक बिदा भएकाले गर्दा आज साताको अन्तिम कारोबार भएको हो । 

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ ।  नेप्से ०.९३ प्रतिशतले बढ्दा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १०५ कित्ता शेयर कारोबार भएको छ । 

१७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ । 

आज ३२५ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ९७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ ।

 सबैभन्दा बढी विकास बैंक समूह ४.०७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : ११ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल