आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी निर्णय सच्याउन माग  | Khabarhub Khabarhub

आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी निर्णय सच्याउन माग 


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निर्णय चित्त नबुझेको भन्दै स्वास्थ्यकर्मी तथा सुरक्षित कार्यस्थल संघर्ष समितिले विरोध जनाएको छ। 

सोमबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूको निर्वाह भत्तालगायतका विषयमा तीन बुँदे निर्णय गरेका थिए । 

जसअनुसार मन्त्रीद्वयले आवासीय चिकित्सकहरूले निर्वाह भत्ताका रूपमा पहिलो वर्ष २५ हजार रुपैयाँ, दोस्रो वर्ष २० हजार रुपैयाँ र तेस्रो वर्ष ३५ हजार रुपैयाँ पाउने निर्णय गरेका थिए । 

उक्त निर्णयले आवासीय चिकित्सकहरूको नेपाली डाक्टरहरूको अपमान भएको भन्दै संघर्ष समितिले २४ घण्टाभित्र उक्त निर्णय सच्चाउन भनेको छ । 

नेपाली डाक्टरहरूको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्चाई सम्पूर्ण इन्टर्न तथा एमडी, एमएस, एमडिएस, डिएम, एमसीएच रेजिडेन्सहरुको पारिश्रमिक न्यूनतम सरकारी सरह कायम गर्न र सम्पूर्ण पिजी कार्यक्रमहरु पूर्ण तथा शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिन्छौं,’ समितिका संयोजक डा।शेषराज घिमिरेले जारी गरेको विज्ञप्तिमा छ ।

उक्त निर्णय नसच्चाएमा २४ घण्टापछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने समितिको चेतावनी छ । समितिले आत्मसम्मान र अस्तित्वको अन्तिम लडाइमा सहभागी हुन देशभरका चिकित्सकहरूलाई काठमाडौं आउन समेत आग्रह गरेको छ । गत भदौंमा आयोगले मेडिकल अधिकृत सरह आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता दिने पत्राचार गरेको थियो । 

तर, निजी मेडिकल कलेजहरूले उक्त निर्णय नमान्ने घोषणा गरेपछि आयोगको १५ औं बैठकले शिक्षा र स्वास्थ्यमन्त्रीलाई समस्या समाधान गर्ने जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ५ : २८ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध