मलेसियामा पानीजहाज दुर्घटना हुँदा एक जना बेपत्ता, ६ जनाको उद्धार | Khabarhub Khabarhub

मलेसियामा पानीजहाज दुर्घटना हुँदा एक जना बेपत्ता, ६ जनाको उद्धार


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मलेसियाको उत्तरी बोर्नियो राज्यको सारावाकको तटमा पानीजहाज दुर्घटना हुँदा मुख्य चालक (कप्तान) बेपत्ता भएको छ । चालक दलका अन्य छ जना सदस्यको उद्धार गरिएको मलेसियाली तटरक्षकले मंगलबार जनाएको छ।

सोमबार राति सम्पर्कविहीन भएको जहाज मंगलबार स्थानीय समय अनुसार बिहान ६ः३० बजे फेला परेको थियो । चालक दलका छ जना सदस्यलाई चाँडै उद्धार गरिएको मलेसियाली सामुद्रिक प्रवर्तन एजेन्सी लाबुआनका निर्देशक इज्वानहादी इड्रोसले पत्रकार सम्मेलनमा बताए ।

‘हामीले छ जना चालक दलका सदस्यहरूलाई तुरुन्तै उद्धार गर्‍यौँ, जसमध्ये दुईलाई सामान्य चोट लागेको थियो । अन्य चारको अवस्था स्थिर छ,’ उनले बताए । स्कुबा डाइभिङ टोलीले बेपत्ता कप्तानको खोजी गरिरहेको छ ।  

इज्वानहादीले प्रतिकूल मौसम परिस्थितिले पानीजहाज दुर्घटना भएको बताए । अधिकारीहरूले घटनाको खोजी र अनुसन्धान जारी राखेको छ ।  

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ३१ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध